PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पत्रकारमाथि दुग्ध विकास बोर्ड हेटौँडाका निर्देशकद्वारा अभद्र व्यवहार



पत्रकारमाथि दुग्ध विकास बोर्ड हेटौँडाका निर्देशकद्वारा अभद्र व्यवहार

हेटौँडा : समाचार संकलनका लागि गएका मकवानपुरका पत्रकारमाथि वाग्मती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाका निर्देशक डा सुलोचना श्रेष्ठले अभद्र व्यवहार गरेकी छिन्।

मंगलवार वागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले किसानलाई अनुदानमा दिन ल्याएको २२ लाख बराबरको ४ सय ३० थान काउ म्याट गुणस्तरहिन भएको भन्ने विषयमा समाचार संकलनको निम्ति कृषि तथा सहकारी मन्त्रालय पुगेको टिम टेलिभिजन हेटौँडा र हेटौँडा सन्देश राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत पत्रकारलाई बोर्डकी निर्देशक डा श्रेष्ठले अभद्र व्यवहार गरिकी हुन्।

उनले यस विषयमा बोल्न नचाहेको बताउदै पत्रकारहरुलाई धम्कीपूर्ण शैलीमा ‘पैसा चाहियो कि, विज्ञापन चाहियो? पैसा चाहिए सिधै भन्दा हुन्छ’ भन्दै पत्रकारहरुमाथि अभद्र व्यवहार गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell