PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कोभिड-१९ विरुद्धको लडाइँमा आपसी सहयोगबारे कुराकानी



प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कोभिड-१९ विरुद्धको लडाइँमा आपसी सहयोगबारे कुराकानी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच कुराकानी भएको छ। सो क्रममा अमेरिका-नेपालबीच विकसित सहकार्यहरुका बारेमा कुराकानी भएको ब्लिंकेनले जानकारी दिएका छन्

कोभिड-१९ विरुद्धको लडाइँमा आपसी सहयोग तथा जलवायु परिवर्तनका प्रभावबारे समेत कुराकानी भएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘मैले आज नेपाली प्रधानमन्त्री देउवासँग कुराकानी गर्ने मौका पाएँ। हामीले कोभिड-१९ विरुद्धको लडाइँमा आपसी सहयोग तथा जलवायु परिवर्तनका प्रभावलगायत अमेरिका-नेपालबीचको विकसित सहकार्यहरुका बारेमा कुराकानी गर्‍यौँ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell