PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा ट्रक र बस ठोक्किँदा १८ जनाको मृत्यु



भारतमा ट्रक र बस ठोक्किँदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बाराबँकी जिल्लामा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना महिला र बाँकी पुरुष रहेका छन्। घटनामा परी २३ जना भन्दा बढी घाइते भएका छन्। स्टेसनरी सामान बोकेको ट्रक र डबल डेकर बस एकापसमा ठक्कर खाँदा उक्त घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

भास्करले भने रोकिराखेको बसमा तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो बाराबँकीका एसपि यमुना प्रसादले डबल डेकर बसमा १०० जना यात्रुहरु रहेको बताइएको छ। पलवल, हिसार र हरयानाबाट यात्रु लिएर उक्त बस बिहारतर्फ गुडेको थियो।

मंगलवार राति दुई सवारी साधनबीच ठक्कर खाएको थियो। ११ जनाको घटनास्थलमै मृत्यु भएको र ७ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ। घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल बारबाँकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई लखनाउ ट्रमा सेन्टर रेफर गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell