PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो।

कांग्रेस सभापति देउवाले मंगलवार मात्र क्रियाशील छानबिन समितिबाट प्रतिवेदन बुझेका छन्। चार जिल्लाको क्रियाशील विवाद अझैं टुंगो लागेको छैन।

पदाधिकारी बैठकमा क्रियाशील विवाददेखि, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने बताइएको छ। कांग्रेसले क्रियाशील विवादकै कारण मंगलवार हुने भनी तोकिएको वडा तहको अधिवेशन स्थगित गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell