PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सत्ता गठबन्धन बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई



सत्ता गठबन्धन बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो।

यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन निर्देशन समेत दिएको छ।

कार्यदलका संयोजक रहेका नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खडकाले बैठकमा सैद्धान्तिक विषयमा छलफल भएको जानकारी दिए। सत्तारुढ गठबन्धनले हालसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व सरकार हाल ५ सदस्यीय छ। दलहरुले मन्त्री हुनेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार ढिला हुँदै गएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष समेत देउवा सरकारमा सहभागी हुने भएपछि दलहरु थप छलफलमा जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell