PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने



सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो।

सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह गरेको छ। सबै सूची आएपछि चाहिने खोप संख्या सरकारलाई उपलब्ध गराउने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

आजै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग खोपका विषयमा थप छलफल हुने समेत दाहालले जानकारी दिए।

चलचित्र विकास बोर्डले दुई महिनादेखि नै चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग माग गर्दै आएको थियो। बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार डोज खोप माग गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell