PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

डेल्टा भेरियन्ट आउटब्रेक : सिड्नीमा एक महिना लकडाउन थप



डेल्टा भेरियन्ट आउटब्रेक : सिड्नीमा एक महिना लकडाउन थप
Photo : EPA

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि अस्ट्रेलियाको सिड्नीमा लागू गरिएको लकडाउन थप एक महिना बढाइएको छ। डेल्टा भेरियन्ट फैलिएको र कोभिड १९ संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाइएको हो।

अस्ट्रेलियाको ठूलो शहरमध्येको सिड्नी विगत पाँच हप्तादेखि लकडाउनमा रहेको छ। जुन महिनामा संक्रमण बढेसँगै लगाइएको लकडाउनमा पनि संक्रमण दर घट्न सकेको छैन। सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै, होटल क्वारेन्टाइनको कडा नियम लागू गरिए पनि संक्रमण फैलिएपछि अस्ट्रेलियाले थप सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

बुधवार न्यू साउथ वेल्समा थप १७७ जनामा संक्रमण देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। मार्च यताकै यो सबैभन्दा धेरै संख्या हो। विज्ञहरुले सेप्टेम्बर वा त्यो भन्दा बढी समय सिड्नीमा संक्रमणको जोखिम रहन सक्ने बताएका छन्।

भिक्टोरिया र साउथ वेल्समा भने बुधवारबाट लकडाउन हटाइएको छ। त्यहाँ संक्रमण दर हाल नियन्त्रणमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell