PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री वाङ र अफगानी तालिवान प्रमुखबिच भेट



चिनियाँ विदेशमन्त्री वाङ र अफगानी तालिवान प्रमुखबिच भेट
तस्विर : सिजिटिएन

चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानी प्रतिनिधिबिच भेटवार्ता भएको छ। अफगानिस्तान तालिबान प्रमुख मुल्लाह अबदुल घानी बरादरको नेतृत्वमा चीन भ्रमणमा रहेको तालिवान समूह र वाङबिच भेट भएको सिन्हवाले उल्लेख गरेको छ।

तालिबानले अफगानिस्तानले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको बेला तालिबानी नेता चीन भ्रमणमा पुगेको हो।

तियानजिनमा भएको भेटका क्रममा वाङले अफगानिस्तानका सबै जातीय समूहहरु एक हुनुपर्ने भन्दै शान्ति कायम गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए।

तालिबानी प्रतिनिधिले भने चीनसँग क्षेत्रिय सुरक्षा, राजनीतिक परिस्थिति र आर्थिक मामिलामा कुरा भएको बताएको छ। यस्तै, अफगानिस्तानको पछिल्लो अवस्थाबारेमा पनि वाङसँग छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell