PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन : अपुरो विषयलाई पुरा गर्न रमेश लेखक संयोजक रहेको समितिलाई एक दिन समय थप



कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन : अपुरो विषयलाई पुरा गर्न रमेश लेखक संयोजक रहेको समितिलाई एक दिन समय थप

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई अपुरो विषय पुरा गर्नका लागि बिहीबारसम्मको समय दिएको छ। बुधवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

छानबिन समितिका संयोजक रमेश लेखकले मंगलवारमात्र सभापति देउवालाई छानबिन समितिको प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा चार जिल्लाको सदस्यता छानबिन टुंगो नलागेको उल्लेख छ। बुधवारको बैठक यही विषयमा केन्द्रित रहेको र ४ घण्टासम्म यही विषयमा छलफल भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

'अपुरो रहेको विषयलाई यही छानबिन समितिले नै पुरा गर्ने गरि जिम्मेवारी लगाउँदै बैठक टुंगियो,' बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता शर्माले भने, '१५-१६ वटा निर्वाचन क्षेत्रको विवाद टुंगो लाग्न बाँकी छ। यो विषय पनि रमेश लेखक संयोजक रहेको समितिले नै टुंगो लगाउने गरि निर्णय गरिएको छ।'

कांग्रेस पदाधिकारी बैठक भोलि बिहीवार दिउँसो २ बजे प्रधानमन्त्री देउवा निवास बुढानीलकण्ठमा पुन: बस्दैछ। सोही बैठकमा लेखक संयोजक रहेको छानबिन समितिले अपुरो काम पुरा गरी बुझाउने विश्वास पार्टीले लिएको प्रवक्ता शर्माले बताए।

कांग्रेसले साउन १२ गते वडा तहको अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। यद्यपि वडा तहको अधिवेशन स्थगित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell