PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कोरोनाको अर्को लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी, एक हजार अक्सिजनका सिलिन्डर तयार राख्न प्रदेशलाई निर्देशन



कोरोनाको अर्को लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी, एक हजार अक्सिजनका सिलिन्डर तयार राख्न प्रदेशलाई निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै सातै प्रदेशलाई तयारी गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधवार तेस्रो लहरको लागि कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको हो।

मन्त्रालयले भनेको छ, ‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका बावजुद पनि कोभिड-१९ को संक्रमण दरमा कमी आएको देखिदैन। विगतका दिनहरुमा जस्तै संक्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड-१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन।’

साथै, मन्त्रालयले मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्न पनि भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell