PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नारायणी अस्पतालमा ल्याबको रिपोर्ट भोलि पल्ट मात्रै पाइने, निजी क्लिनिकमा जान बिरामी बाध्य



नारायणी अस्पतालमा ल्याबको रिपोर्ट भोलि पल्ट मात्रै पाइने, निजी क्लिनिकमा जान बिरामी बाध्य

वीरगंज : वीरगंजस्थित नारायणी अस्पतालले एकै दिनमा पाइने सेवा ढिलो प्रवाह गर्दा बिरामीहरुले दु:ख भोग्ने गरेको गुनासो गरेका छन्।

अस्पतालको प्रयोगशालाले रगत, पिसाब, दिसालगायत विभिन्न रिपोर्ट एक दिन बिराएर दिने गर्दा बिरामीहरुले सहज उपचार सेवा पाउनबाट बञ्चित भइरहेको गुनासो गरेका छन्। पर्साको पुर्वी क्षेत्र सदरमुकाम वीरगंजमा पर्ने अस्पतालमा ४० किलोमिटर टाढाबाट पनि बिरामी आएर खाली हात फर्किने गरेको बताउँछन्।

उनीहरुले समयमै रिपोर्ट नपाउँदा एक दिनको ठाउँमा दुई/तीन दिन वीरगंज ओहोरदोहोर गर्नु परेको सुनाउँछन्। नारायणी अस्पतालमा ढिलो रिपोर्ट पाउने चलनले पनि सयौँ बिरामी सरकारी अस्पतालमा नगई निजी अस्पताल र क्लिनिकमै उपचार गर्न इच्छा प्रकट गर्छन्।

‘बिरामीहरु चर्को भाडा तिरेर अस्पताल आउने गरेको तर एकै दिनमा चिकित्सकले लेखेको जाँचको रिपोर्ट पाउँदैन, एक दिनको काम दुई दिनमा हुन्छ’, पोखरिया नगरपालिका मुडली टोलकी बबिता देवीले भनिन्, ‘घरपरिवार छोडेर उपचारको लागि पनि दुई दिन दौडधुप गर्दा मात्रै पाइदो रहेछ रिपोर्ट।’

त्यसैगरी, पोखरियाका सुरेश साह कानूले पनि रिपोर्टमा ढिलाइ भएकोले चिकित्सकले औषधि नलेखेको र खाली हात घर फर्कनुपरेको दुःखेसो पोखे।
प्रयोगशालाका कर्मचारीका अनुसार अहिले दैनिक डेढ सयदेखि दुई सय बिरामीहरु सेवा लिन आइरहेकोले समस्या भएको बताए।

उनले प्रयोगशालामा काम गर्ने कर्मचारी कम भएकोले पनि रिपोर्ट दिन ढिलाइ भइरहेको दावी गरे। अस्पताल व्यवस्थापन पक्षले सोही दिननै रिपोर्ट दिन पहल गरिरहेको दावी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell