PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सत्ता गठबन्धन दलको बैठक बस्दै



सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ। बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनेछन्।

त्यसैगरी गठबन्धनमा साथ सहयोग गर्दै आएका एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले पनि सहभागिता जनाउनेछ। बुधवारको बैठकमा कांग्रेसबाट सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद पौडेल, महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि गठबन्धन प्रयासरत छ। हिजोको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको थियो। आज मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell