PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, क्रियाशील छानबिन समितिले फाइनल प्रतिवेदन बुझाउने



कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, क्रियाशील छानबिन समितिले फाइनल प्रतिवेदन बुझाउने

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। क्रियाशील सदस्यता विवाद सल्ट्याउन पदाधिकारी बैठक जारी रहेको हो। आज दिउँसो २ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्न लागेको हो।

आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले अपुरो प्रतिवेदन पुरा गरी बुझाउनेछ। बुधवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले रमेश लेखक संयोजक रहेको छानबिन समितिलाई आजसम्मको म्याद थप गरेको हो।

समितिले मंगलवारमात्र सभापति देउवालाई छानबिन समितिको प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा चार जिल्लाको सदस्यता छानबिन टुंगो नलागेको उल्लेख छ। 'अपुरो रहेको विषयलाई यही छानबिन समितिले नै पुरा गर्ने गरि जिम्मेवारी लगाउँदै बैठक टुंगियो,' बुधवारको बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता शर्माले भने, '१५-१६ वटा निर्वाचन क्षेत्रको विवाद टुंगो लाग्न बाँकी छ। यो विषय पनि रमेश लेखक संयोजक रहेको समितिले नै टुंगो लगाउने गरि निर्णय गरिएको छ।'

कांग्रेसले साउन १२ गते वडा तहको अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। यद्यपि वडा तहको अधिवेशन स्थगित भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell