काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट सिंहदरबारमा बिहीवार शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरु सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई शपथ ग्रहण गराएका छन्।
गत मंगलवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा फुयाँल र लिम्बुलाई नियुक्त गरेको थियो।