PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मन्त्रिपरिषद् विस्तार टुंगो नलागेपछि बस्न सकेन सत्ता गठबन्धनको बैठक, शीर्ष नेताहरु आन्तरिक छलफलमा जुट्दै



मन्त्रिपरिषद् विस्तार टुंगो नलागेपछि बस्न सकेन सत्ता गठबन्धनको बैठक, शीर्ष नेताहरु आन्तरिक छलफलमा जुट्दै
बुधवार बसेको सत्ता गठबन्धनको बैठक।

काठमाडौं : मन्त्रिपरिषद् विस्तारको टुंगो नलागेपछि आज बोलाइएको सत्ता गठबन्धनको बैठक बस्न सकेन। यससँगै गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले आन्तरिक भेटघाट र छलफललाई तीव्र पारेका छन्।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्तालाई तीब्र पारेका छन्। बिहीवार बिहानका डाकिएको बैठक बस्न नसके पछि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रचण्डको सचिवालयका अनुसार उनीहरुको भेट सरकार बिस्तारका बारेमा भएको थियो।

यस्तै, गठबन्धनका नेताहरुले औपचारिक बैठक रोकेर अनौपचारिक संवाद थालेका हुन्। बुधवार साँझै मन्त्रालय भागबण्डाको टुंगो लगाउने तय भए पनि सहमति जुट्न नसकेपछि गठबन्धनका नेताहरु बिहीवार पनि आन्तरिक परामर्शमा जुटेका हुन्।

गठबन्धनको बुधवारको बैठकले शीर्ष नेताहरुको सल्लाहमा मन्त्रिपरिषद बिस्तार हुने निचोड निकालेको थियो। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारमा नजाने बताएसँगै गठबन्धनका नेताहरुले फेरी संवाद तीव्र पारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell