PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाघ दिवसमा प्रधानमन्त्री देउवा र माधव नेपाल एकै मञ्चमा, संरक्षणमा नेपालको अगुवाई रहेको भन्दै प्रशंसा



बाघ दिवसमा प्रधानमन्त्री देउवा र माधव नेपाल एकै मञ्चमा, संरक्षणमा नेपालको अगुवाई रहेको भन्दै प्रशंसा

काठमाडौं : बाघ दिवसको अवसरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगै एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँगै देखिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा ललितपुरको सातदोबाटोमा भएको बाघ संवाद कार्यक्रममा देउवासँगै नेपाल पनि देखिएका हुन्।

कार्यक्रममा पूर्व वनमन्त्री दीपक बोहरा पनि सहभागी छन्। कार्य्रममा बाघको संख्या बढाउने कार्यक्रम माधव नेपाल प्रधानमन्त्री रहेको बेला शुरु भएको भन्दै संवादमा सहभागीले प्रशंसा गरेका छन्। वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले पूर्वप्रधानमन्त्री नेपालको प्रशंसा गरेका हुन्। उनले अबको सरकारले बाघ संरक्षणमा गर्नुपर्ने काम प्रस्तुत गरेका छन्।

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ। यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ। नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउँदै गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell