PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

इजरायली सेनाको गोलीबाट एक प्यालेस्टाइनी बालकको मृत्यु



इजरायली सेनाको गोलीबाट एक प्यालेस्टाइनी बालकको मृत्यु
Photo : Aljazeera

इजरायली सेनाको गोलीबाट घाइते भएका एक प्यालेस्टाइनी बालकको मृत्यु भएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा भएको आक्रमणका क्रममा गोली लागेर १२ वर्षीया मोहम्मद अल अलामीको मृत्यु भएको जनाएको हो।

आफ्नो बुवासँग कारमा यात्रा गरिरहेको बेलामा अलामीको छातीमा गोली लागेको अलजजिराले उल्लेख गरेको छ। अलामीले सामान किन्नका लागि गाडी रोक्न आग्रह गरेको र त्यही बेला इजरायली सेनाले गोली प्रहार गरेको बताइएको छ। बुवा र छोरी भने आक्रमणमा सुरक्षित रहेका छन्।

केहीदिनयता इजयाली सेनाले हेब्रन शहरमा आक्रमण गरिरहेको छ। गत शनिवार पनि एक बालकको इजरायल सेनाको आक्रमणमा परी मृत्यु भएको थियो। इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell