PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

थपिए ३३ वटा नयाँ विश्व सम्पदा क्षेत्र



थपिए ३३ वटा नयाँ विश्व सम्पदा क्षेत्र
विश्व सम्पदा क्षेत्रमा थपिएको भारतको रुद्रेश्वर (रमाप्पा) मन्दिर । तस्विर : युनेस्को

सन् २०२० र २०२१ मा गरि विश्वभरबाट थप ३३ वटा स्थानलाई विश्व सम्पदा क्षेत्र घोषणा गरिएको छ। युनेस्कोको बैठकबाट थप ३३ वटा नयाँ स्थानलाई विश्व सम्पदा क्षेत्रमा राख्न सहमति भएको हो।

कोभिड १९ संक्रमणका कारण गत वर्ष युनेस्कोको बैठक बस्न सकेको थिएन। यो वर्ष चीनको फुजाउमा भएको बैठकमा भर्चुअल माध्यमबाट विश्वभरबाट सहभागीहरु जुटेका थिए।

सन् २०२० मा थपिएका विश्व सम्पदा क्षेत्र

टर्की :  आर्सलानतेपे माउन्ड

पेरु : चानकिल्लो आर्चियोएस्ट्रोनोमिकल कम्प्लेक्स

बेल्जियम/नेडरल्यान्ड्स : कोलोनिज अफ बेनेभोलेन्स

फ्रान्स : कोरडाउन लाइटहाउस

भारत : काकातिया रुद्रेश्वर (रमाप्पा) मन्दिर, तेलंगाना

जर्मनी :  माथिलडेनहोहे डार्मस्टाडा

इटाली :  १४ औं शताब्दीको पउडउस् फ्रेस्को साइकल

रोमानिया : रोसिया मोनताना मिनिङ ल्यान्डस्क्याप

ब्राजिल : सितियो रोबर्टो बर्ले मार्कस

अस्ट्रिया, बेल्जियम, चेकहिया, फ्रान्स, जर्मनी, बेलायत र उत्तरी आयरल्यान्ड : द ग्रेट स्पा टाउन्स अफ युरोप

उरुग्वे : द वर्क अफ इन्जिनियर इलाडियो डिस्टे, चर्च अफ अट्लान्टिडा

इरान : ट्रान्स इरानियन रेलवे

साउदी अरब : हिमा कल्चरल एरिया

जापान : अमामी ओसिमा टापु, तोकुनासोमी टापु, ओकिनवा टापुको उत्तरी भाग र इरिमोट टापु

जर्जिया : क्लोचिक रेनफोरेस्ट एन्ड वेटल्यान्ड

थाइल्यान्ड : केइङ कराचन फोरेस्ट कम्पलेक्स

२०२१ मा थपिएका क्षेत्र

जोर्डन : एज साल्ट - द प्यालेस अफ टोलरेन्स एन्ड अर्बन हस्पिटालिटी

इरान :  कल्चरल ल्यान्डस्क्याप अफ हउरामन/उरामन्त

भारत : डोलाभिया,  हरप्पन शहर

जर्मनी/ नेडरल्यान्ड्स : फ्रन्टियर अफ द रोमन एम्पायर- द लोअर जर्मन लाइम्स

जापान : जोमन प्रिहिस्टोरिक साइट्स, उत्तरी जापान

फ्रान्स : नाइस, विन्टर रिसर्ट टाउन अफ रिभेरिया

चिली : सेटलमेन्ट एन्ट आर्टिफिसियल मम्मिफिकेशन अफ द चिनचोर्रो कल्चर, अफ्रिका एन्ड पारिनाकोटा रिजन

जर्मन : एसएसयुएम साइट्स अफ स्पेवेयर, वर्म्स एन्ड मेज

कोटे द आइभोरि :  उत्तरी क्षेत्रमा रहेको सुडानी शैलीको मस्जिद

इटाली :  द पोर्टिकोइस अफ बोलोग्ना

स्लोभेनिया : द वर्क अफ जोजे प्लेनिक इन ल्जुबजाना, ह्युमन सेन्टर्ड अर्बन डिजाइन

बेलायत :  द स्लेट ल्यान्डस्क्याप अफ नर्थवेस्ट वेल्स

रसिया :  पेट्रोग्लिप्स अफ लेक ओनेगा एन्ड द ह्वाइट सी

गाबोन : इभिन्डो नेशनल पार्क



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell