काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीबाट मन्त्री हुने नेताको नामबारे टुंगो लगाउन छलफल थालेको छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जसपाको केन्द्रीय कार्यकारिणी बैठकमा सरकारमा सहभागी हुने नेताको टुंगो लगाउन छलफल भइरहेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
मंगलवारदेखि सुरु भएको जसपाको बैठकले यसअघि नै महन्थ ठाकुर सहितका नेतालाई कारवाही गरिसकेको छ। यस्तै, केन्द्रीय सदस्यहरुको नामावली अद्यावधिक गर्न कार्यदल समेत गठन गरेको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले सहभागिता जनाइसकेको भए पनि जसपाको तर्फबाट मन्त्री हुन बाँकी छ। अध्यक्ष उपेन्द्र यादवलाई देउवाले बुधवार मन्त्री हुने नेताको नाम चाँडै दिन आग्रह गरेका थिए।