PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कांग्रेसको क्रियाशील किचलो : ६ जिल्लाको विवाद यथावत राखेर देउवाको हातमा प्रतिवेदन 'अब निर्वाचन समितिले छिटो काम गर्नुपर्छ'



कांग्रेसको क्रियाशील किचलो : ६ जिल्लाको विवाद यथावत राखेर देउवाको हातमा प्रतिवेदन 'अब निर्वाचन समितिले छिटो काम गर्नुपर्छ'
मंगलवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील छानबिन प्रतिवेदन बुझाउँदै समितिका संयोजक रमेश लेखक। फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील छानबिन समितीले विवाद यथावतै राखेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई 'फाइनल प्रतिवेदन' बुझाएको छ। बिहीवार देउवा निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा समितीका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।

मंगलवार केही जिल्लाको विवाद यथावत राखेर सभापति देउवालाई प्रतिवेदन बुझाइएको थियो। उक्त विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन आजसम्मको समय प्रदान गरिएकोमा समितीले केही त्रुटि सच्चाएर मात्र प्रतिवेदन बुझाएको हो।

'प्रतिवेदनमा भएका केही त्रुटि सच्याएर बुझाएका छौ। थप सच्याएर बुजाएका छौं, अब समितिको काम सकिएको छ,' छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले भने।

पौडेलले सप्तरी, बारा, धनुषा, सर्लाही-२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको जनाए। '१०० जति वडाको क्रियाशील स्थगन भएको छ। ९६ प्रतिशत काम सकिएको छ,' उनले भने।

केन्द्रीय सदस्यसमेत रहेका पौडेलले ४ प्रतिशत बाँकी कामले महाधिवेशन प्रभावित नहुने दाबी गरे। उनले अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने तर्क गरे। 'महाधिवेशन यसले रोकिँदैन। ४ प्रतिशतले महाधिवेशन स्थगन हुँदैन,' पौडेलले भने, 'अब निर्वाचन समितिले छिटो काम गर्नुपर्छ।'

पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल जारी रहेको उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell