PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बेइजिङमा ६ महिनापछि कोभिड १९ संक्रमित पहिचान



बेइजिङमा ६ महिनापछि कोभिड १९ संक्रमित पहिचान
Photo : Getty Images

चीनको राजधानी बेइजिङमा करिब ६ महिनापछि पहिलो कोभिड १९ संक्रमित पहिचान भएका छन्। १७९ दिनपछि बुधवार बेइजिङमा एकजनामा संक्रमण देखिएको हो।

कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिनबाट रोक्न चिनियाँ अधिकारीहरुले प्रयास गरेपनि नानजिङको एक विमानस्थलबाट संक्रमण फैलिएको हुन सक्ने बताइएको छ। 

बेइजिङमै बिहीवार कोभिड १९ को अर्को पनि संक्रमण पुष्टि भएको थियो। हुनान प्रान्तमा यात्रा गरेर फर्किएका एक दम्पतीमा संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्। उनीहरुसँग सम्पर्कमा आएकाहरुलाई हाल क्वारेन्टाइनमा राखिएको छ।

नानजिङमा डेल्टा भाइरसका कारण संक्रमण भएको पुष्टि भएसँगै संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन जोड दिइएको छ। डेल्टा भेरियन्ट देखिएको प्रान्तमा करिब ९० लाख मानिस बसोवास गर्छन्। 

डेल्टा भेरियन्ट पहिलाभन्दा निकै संक्रामक रहेको छ। हाल विश्वका अधिकांश देशमा यही भेरियन्टका कारण संक्रमण दर फेरि उकालो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell