PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अगस्ट १९ मा रिलिज हुने भयो अक्षयको 'बेल बटम'



अगस्ट १९ मा रिलिज हुने भयो अक्षयको 'बेल बटम'

कोरोना महामारीका कारण अधिकांश सिनेमाहरु बन्द हुँदा धेरै बलिउड फिल्महरु ओटीटी प्लेटफर्ममा नै रिलिज भइरहेका छन्। तर कुनै फिल्म भने अवस्था सुधार भएपछि सुहलमा नै रिलिज गर्ने भन्दै पर्खिँदैछन्। जसमध्येको एक हो अक्षय कुमार अभिनित फिल्म 'बेल बटम'।

अभिनेता अक्षयकुमारले डेढ महिनाअघि ट्विटरमार्फत 'बेल बटम' जुलाई २७ मा रिलिज हुने घोषणा गरेका थिए। तर घोषणा भएको मितिमा फिल्म रिलिज हुन सकेन।

भारतका धेरै राज्यले ५० प्रतिशत अकुपेन्सीसहित हल खुलाउने निर्णय गरेका छन्। यसैबिच फिल्म 'बेल बटम' को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ। 'बेल बटम' अगस्ट १९मा हलमा नै रिलिज हुने भएको छ।

अभिनेता अक्षय कुमारले शुक्रबार एक ट्वीट गर्दै फिल्मको नयाँ रिलिज मितिबारे घोषणा गरेका हुन्।

रन्जित तिवारी निर्देशित यस फिल्ममा अक्षयकुमारका साथै अभिनेत्री वाणी कपूरको मुख्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell