PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

देशभरका शिक्षकहरु रिले अनशनमा, नीतिगत र पेशागत माग पूरा गर्न दबाब



देशभरका शिक्षकहरु रिले अनशनमा, नीतिगत र पेशागत माग पूरा गर्न दबाब

वीरगंज : नेपाल शिक्षक महासंघको राज्यव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार देशभरको शिक्षकहरुले रिले अनशन बसेका छन्।

महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्म देशभर ७ वटा प्रदेशको समाजिक विकास अन्तर्गतको शिक्षा निर्देशनालय, ७७ वटा जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरु, ७७ जिल्लाको ७५३ वटा स्थानीय तहको कार्यालय अगाडि शिक्षकहरुले रिले अनशन बसेको नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य छोटेलाल प्रसादले जानकारी गराए।

महासंघले सरकारसमक्ष विभिन्न नीतिगत र पेशागत ३४ सुत्रीय माग राख्दै करिब दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। महासंघको शिक्षकलाई कोरोना भ्याक्सिन उपलब्ध गराउनु पर्ने, राहत तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नु पर्ने, सेवा सुविधा वृद्धि गर्नु पर्ने, निजामति कर्मचारी जस्तै पाइने धार्मिक पर्यटन विदा दिइनु पर्ने, निजामति अस्पताल जस्तै शिक्षक अस्पताल खोल्नु पर्नेलगायत विभिन्न मागहरु रहेका छन्।

सरकार विगतमा महासंघसँग गरेको सम्झौता कार्यान्वयनमा पनि उदासिन बनेकोले महासंघले कोरोना महामारीको बेला आन्दोलन चर्काएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell