PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रेस युनियन सिन्धुपाल्चोकद्वारा बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीलाई सहयोग प्रदान



प्रेस युनियन सिन्धुपाल्चोकद्वारा बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीलाई सहयोग प्रदान

काठमाडौं : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले मेलम्ची बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीहरूलाई राहत वितरण गरेको छ।

प्रेस युनियनले आज मेलम्ची पुगेर बाढीबाट प्रभावित भएको सञ्चार संस्था रेडियो मेलम्ची, पत्रकारहरू महेश श्रेष्ठ, जगन्नाथ दुलाल र दुर्गा दुलाललाई जनही २० हजारका दरले सहयोग गरेको हो।

त्यसैगरी, पत्रकार किशोर बुढाथोकी, विदुर गिरी र सन्तोष सिग्देललाई आफू अस्वस्थ भएर पनि बाढीको समाचार संकलनमा निरन्तर खटिएको भन्दै जनही २० हजारका दरले सहयोग गरिएको छ। प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्यले पीडामा परेका पत्रकारहरूको लागि यस्ता सहयोगहरू निरन्तर गरिने बताए।

मेलम्ची पुनर्निर्माणका अभियन्ता सागरकुमार श्रेष्ठले पत्रकारहरूले मेलम्चीको यथार्थ कुराहरू सञ्चार माध्यमबाट प्रसारण गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै बाढी गएपछि सरकार कहाँ छ पत्तो नभएकोमा दुःख समेत व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell