PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ट्यांकर आक्रमणमा इरान जिम्मेवार रहेको इजरायली विदेशमन्त्रीको आरोप



ट्यांकर आक्रमणमा इरान जिम्मेवार रहेको इजरायली विदेशमन्त्रीको आरोप
PHOTO : EPA

इजरायलले एक तेल ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाएको छ।  

अरब सागरस्थित ओमनको तटीय क्षेत्रमा इजरायली कम्पनी जोडियक मारिटाइनले व्यवस्थापन गर्ने इन्धनका ट्यांकरमाथि बिहीबार आक्रमण गरिएको थियो। जसमा एक बेलायती र रोमनियन नागरिकको मृत्यु भएको थियो। लाइबेरियाको झण्डा र जापानी स्वामित्वको जहाजको ट्यांकरको व्यवस्थापन कार्यालय बेलायतमा रहेको छ।

कम्पनीले घटनाबारे अनुसन्धान गरिरहेको बताइरहँदा इजरायली विदेश मन्त्रीले इरानमाथि आरोप लगाएका हुन्। 

इरानी विदेशमन्त्री यार लापिदले इरान इजरालयका लागि मात्रै समस्या नभएको भन्दै विश्व यस विषयमा शान्त बस्न नहुने बताएका हुन्। उनले ट्याकंरमाथि भएको आक्रमणलाई आतंकवादको संज्ञा दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell