PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा



असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा
Photo : TOI

असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्। 

यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख, डिआइजी, एसपी सहित  ढोलई प्रहरी चौकीका इन्सपेक्टर विरुद्ध समेत मुद्दा दर्ता गरिएको छ।  दुई सय अज्ञात प्रहरी र केही सरकारी कर्मचरीविरुद्ध समेत मिजोरम प्रहरीले मुद्दा दर्ता गरेको छ।

उनीहरुविरुद्ध हत्याको कोसिस र अपराधिक षड्यन्त्र रचेको सहित अन्य अभियोग लगाइएको छ। 

सीमामा अतिक्रमण भएको स्थान खुलाउने विषयमा दुवै राज्यका नागरिक र प्रहरीबिच विवाद भएको थियो। अवस्था नियन्त्रण बाहिर गएपछि दुवैतर्फबाट लाठीचार्ज र ढंगा हानाहान भएको थियो। गृहमन्त्री अमित शाहको असम भ्रमणको दुई दिनपछि यो हिंसा भएको थियो। 

मिजोरम र असममा ४९ सालदेखि सीमा विवाद रहेको छ। असममा हाल भारतीय जनता पार्टीको सरकार छ भने मिजोरममा मिजो नेशनल फ्रन्टको सरकार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell