PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेयर कारोबारीपछि प्रहरीको भूमिका देखिँदै प्रतिक गान्धी, रिचासँग स्क्रिन सेयर गर्दै



सेयर कारोबारीपछि प्रहरीको भूमिका देखिँदै प्रतिक गान्धी, रिचासँग स्क्रिन सेयर गर्दै

बलिउड अभिनेत्री रिचा चड्डा 'सिक्स सस्पेक्ट्स' वेब सिरिजमा देखिँदैछिन्। यस सिरिजमा उनीसँग प्रतिक गान्धीले स्क्रिन सेयर गर्दैछन्। यी दुवैजना प्रहरीको भूमिकामा देखिनेछन्। 

विकास स्वरुपले सन् २००८ मा प्रकाशन गरेको 'सिक्स सस्पेक्ट्स' उपन्यासमा यो सिरिज आधारित रहेको छ।

अजय देवगण फिल्म्स र रिल लाइफ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिरिज डिज्नी हटस्टारमा रिलिज हुनेछ। 

रिचा र प्रतिक दुवैले आआफ्नो इनस्टाग्राम अकाउन्टमा सिरिजको फस्ट लुकको तस्विर राखेका छन्। 

'स्क्याम १९९२' सिरिजमा प्रतिक गान्धीको अभिनय धेरैले रुचाएका थिए। हरशद मेहताको जीवनीमा आधारित उक्त सिरिजबाट बलिउडमा गान्धी स्थापित भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell