PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ का जनताप्रति बफादार भई काम गर्ने प्रण गरेको छु : मन्त्री शर्मा



प्रदेश २ का जनताप्रति बफादार भई काम गर्ने प्रण गरेको छु : मन्त्री शर्मा

वीरगंज : प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले २० वर्षपछि पर्सा जिल्लाले मन्त्री पाएको बताएका छन्। वीरगंजमा आयोजित सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

प्रदेशसभा सदस्य भएको तीन वर्ष पश्चात राजनीतिक उतारचढावका बीच आफूले उर्जा तथा खानेपानी मन्त्री बन्दा यो सम्पूर्ण पर्साका कांग्रेसीको लागि खुशीको कुरा भएको बताए। पर्सामा कांग्रेसबाट सुरेन्द्र चौधरी र अजय चौरसियापछि हालसम्म कोही पनि मन्त्री नपाएको र त्यसपछि आफूले प्रदेश सरकार मातहतमा मन्त्री पाउँदा पर्सा कांग्रेसमा खुशीको सन्देश गएको उनले बताए।

उनले कांग्रेसबाट मन्त्री बने तापनि प्रदेश २ को जनताप्रति बफादार भई काम गर्ने प्रण गरेको पनि औँल्याए।

‘मलाई एकदमै न्यून स्रोत साधनमा काम गरेर देखाउने चूनौती छ, तर पनि हिम्मत हारेको छैन। प्रदेश २ को जनता प्रति कर्तव्यनिष्ठ भएर काम गर्छु,’ उनले भने।

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा वीरगंजको उद्योग व्यवसायको लागि मात्र नभई वीरगंज रक्सौल क्षेत्रको पूर्वाधार विकासको लागि पनि नेपाल र भारत सरकारको निकायसँग लबिङ गर्दै आएको बताए। उनले आगामी दिनमा प्रदेश २ का सञ्चार गृहहरुको लागि सोलार प्रणालीबाट नि:शुल्क बिजुली उपलब्ध गराउने कार्यविधिमाथि पनि गृहकार्य गरिरहेको र केही दिनमै कार्यविधि तयारी गरी कार्यान्वयनमा ल्याउने आफ्नो सोच रहेको बताए।

उनले भने, ‘मिडिया हाउसलाई बिजुली छुट पाइयो भने थप सशक्त हिसाबले पत्रकारिता गर्न मद्दत मिल्ने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell