PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलम्चीमा फेरि बाढी, बग्यो रेडियो मेलम्चीको भवन



मेलम्चीमा फेरि बाढी, बग्यो रेडियो मेलम्चीको भवन
FILE PHOTO

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ। शनिवार राति आएको बाढीले मेलम्ची बजारमा बांकी रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ। 

रातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेशन म्यानेजर देवराज सुवेदीले सामाजिक संजालमा सेयर गरेका छन्। 

असार १ गते गएको बाढीले मेलम्ची बजार र हेलम्बुमा क्षति गरेको थियो। उक्त बाढीमा रेडियो मेलम्चीको भवन भेलले पुरिएको थियो। मानिसहरु बगर बनेको आफ्नो बस्तीबाट भेल र माटो हटाइरहेका बेला फेरि बाढी आएको हो।

बाढी फेरि बढेकोले नदी किनारमा बसोवास गर्दै आएकालाई सुरक्षित स्थान तर्फ जान भनिएको छ। प्रहरी चौकीमा समेत विस्थापित भएको बताइएको छ। मध्यरातमा आएको बाढीले गरेको थप क्षतिको विवरण आएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell