PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा पनि लकडाउन



डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा पनि लकडाउन
Photo : Getty Images

निकै संक्रामक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन लागू गरिएको छ।

सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ। त्यहाँ थप एक महिना लकडाउन बढाइएको छ भने संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिवारदेखि क्विनस्ल्यान्डको दक्षिण पूर्वी क्षेत्र र अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि लकडाउन गरिएको छ। लकडाउन लगाइएको क्षेत्रमा अत्यावश्यक काममा बाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

संक्रमण फैलिनबाट रोक्न तीनदिन लकडाउन गरिएको अधिकारीहरुले बताएका छन्। त्यसपछिको अवस्था हेरेर लकडाउन बारे थप निर्णय लिइनेछ।

गत बिहीवार क्विन्सल्यान्डमा कोरोनाका ६ नयाँ केस भेटिएका थिए। सबै संक्रमित 'हाई स्कूल' मा अध्ययनरत् विद्यार्थी थिए। संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङको काम भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। क्विन्सल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी डा जेन्नेटी यङले कसैलाई संक्रमणको लक्षण देखिएमा तत्काल परीक्षण गराउन आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell