PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सदस्यता नवीकरण र विधान महाधिवेशन तयारीका लागि एमालेको बैठक बस्दै



सदस्यता नवीकरण र विधान महाधिवेशन तयारीका लागि एमालेको बैठक बस्दै
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दै छ। च्यासल स्थित तुल्सिलाल प्रतिष्ठानमा आइतवार ३ बजे बैठक बस्न लागेको हो।

शनिवार पनि स्थायी कमिटीको बैठक बसेकोमा एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। आजको बैठकमा मुख्यगरि पार्टीको सांगठनिक विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

'मलुभूत रुपमा सांगठनिक विषयमा नै छलफल हुनेछ। हिजो एजेण्डामा छलफल भएको थिएन। पार्टीभित्रको आन्तरिक छलफलका कारण केही समय बैठक लम्बिएको हो,'तामाङले भने।

केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण लगायतका विषयमा बैठकमा छलफल हुन लागेको हो।

नेकपा एमालेको विवाद समाधानका लागि भइरहेको प्रयास शनिवारसम्म सक्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको भए पनि दोस्रो तहका नेता फेरि पनि संवादमै छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको विवाद हल गर्न ओलीले पदबाट राजिनामा दिनुपर्ने अडान राखेपछि एमालेको विवाद झन पेचिलो बनेको हो। शनिवार ओली समूहका दोस्रो तहका नेताहरुको आग्रहपछि ओलीले एक दिनका लागि बैठक सारेका थिए। तर, एकता प्रयास भइरहँदा ओलीले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell