PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाँच वर्षपछि एक्सन अवतारमा कट्रिना



पाँच वर्षपछि एक्सन अवतारमा कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले फिल्म 'टाइगर ३' मा खतरनाक एक्सन सिन दिन लागेको बलिउड हंगामाले उल्लेख गरेको छ।

कट्रिनाले यसअघि फिल्म 'एक था टाइगर' र 'टाइगर जिन्दा है' मा गरेको एक्सन सिनलाई दर्शकले निकै रुचाएका थिए। पाँचवर्षपछि फिल्म 'टाइगर ३' मा फेरि कट्रिनाको एक्सन अवतारमा देख्न पाइने भएको हो। फिल्म निर्माताहरुले कट्रिनाका लागि खतरनाक एक्सन सिनको योजना बनाइरहेका छन्।

कट्रिना पनि आफूलाई फिट राख्नुका साथै एक्सन सिन दिनका लागि कडा मेहेनत गरिरहेकी छिन्।

फिल्ममा कट्रिनासँगै सलमान खान र इमरान हशमीको मूख्य भूमिका रहनेछ। मनिश शर्माले निर्देशन गर्ने फिल्म सन् २०२२ मा रिलिज हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell