PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादी केन्द्रले सकेन मन्त्रीको टुंगो लगाउन, प्रचण्डले गठबन्धका नेतासँग वार्ता गर्ने



माओवादी केन्द्रले सकेन मन्त्रीको टुंगो लगाउन, प्रचण्डले गठबन्धका नेतासँग वार्ता गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धनका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गर्ने भएका छन्।सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न विषयमा प्रचण्डले छलफल गर्ने भएका हुन्।

आइतवार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले प्रचण्डले छुट्टा-छुट्टै वार्ता गर्ने बताएका हुन्।

'अध्यक्ष कमरेड प्रचण्डले सम्बान्धित घटकसँग छुट्टा छुट्टै र सामुहिक वार्ता गर्नेछन्,' उनले भने।

यस्तै, आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको टुंगो लगाउन प्रचण्डले सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाएका छन्। आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको थियो।

माओवादीले गठबन्धनलाई झन् बलियो बनाउने निर्णय समेत गरेको छ। सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउन पहल गर्ने माओवादीको निर्णय छ।

'गठबन्धनलाई बलियो बनाउने। सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल संचालनका लागि अगाडि बढाउने साथसाथै सरकारको काम जनमुखी र प्रभावकारी बनाउनेबारेमा निर्णय भयो,' श्रेष्ठले भने।

माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी धेरै हुँदा अध्यक्ष प्रचण्डले आफू तनावमा रहेको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell