PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माधव नेपाल 'अनिर्णयको बन्दी' बन्दा घट्न सकेन प्रचण्डको तनाव, आज छलफलमै व्यस्त हुने



माधव नेपाल 'अनिर्णयको बन्दी' बन्दा घट्न सकेन प्रचण्डको तनाव, आज छलफलमै व्यस्त हुने

काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा फेरि पनि केहीदिन ढिलाइ हुने भएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका कारण केही समय मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले नेपाल र जसपाका कारण मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भएको ब्रिफिङ गरेका हुन्।

प्रचण्डले माधव नेपाल 'अनिर्णयको बन्दी' भएको बैठकमा बताएका थिए।

'कहिले सरकारमा जान्छु पनि भन्नुहुन्छ। कहिले जान्न भन्नुहुन्छ। उहाँ अनिर्णयको बन्दी हुनुभयो। नेपालले समय माग्नु भएको छ,' प्रचण्डलाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।

बैठकमा प्रचण्डले नेपालपक्षसँग आफूले थप छलफल गर्ने बताएका थिए। उनले नेपाल पक्ष भित्र तिब्र छलफल भइरहेकाले सरकारमा जाने नजानेबारेमा चाँडै निर्णय हुने समेत ब्रिफ गरेका थिए।

आजको बैठकमा सरकारमा जाने माओवादीका नेताहरुको बारेमा भने समेत टुंगो लाग्न सकेन। प्रचण्डले आजै सत्ता गठबन्धनका नेताहरुलाई सरकार बिस्तारका बारेमा एक्लै र सामूहिक छलफल गर्ने भएका छन्। प्रचण्डले मन्त्रीको आकांक्षा धेरै हुँदा आफू तनावमा रहेको बताउँदै आएका छन्।

प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटार सरकार विस्तारबारेमा छलफल गर्ने छन्। साँझ ४ बजेका लागि देउवा र प्रचण्डको भेट तय भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले आइतवार नै भेटवार्ता गर्ने तय भएको छ।

माओवादी केन्द्रले आफ्ना पार्टीबाट मन्त्री छान्न भोलिका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। २० गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक भने ३० गतेका लागि सारिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सरकारमा सहभागी हुने नेताहरुबारे भोलि टुंगो लाग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell