PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

महाकाली घटना : भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग



महाकाली घटना : भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग
File Photo

काठमाडौं : नेकपा माओवादी केन्द्रले महाकालीमा तुइन चुडिएर जयसिंह धामी वेपता भएको घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताएको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठले भारतीय अर्धसैनिक बल (एसएसबी)ले तुइन काट्दा धामीको ज्यान गएको आशंका भएकाले घटनाबारे छानविन गर्न माग गरेको हो। नेता नारायणकाजी श्रेष्ठले दोषीलाई कारवाहीको माग गरिएको बताए।

'महाकाली घटनाका बारेमा तत्काल छानविन गरि कारवाही गर्न माग गरिएको छ। भारतीय एसएसबीको गतिविधिका कारणले नै नेपाली नागरिकको जीवन नै गुमेको आशंका भएको छ,' उनले भने।

घटनाप्रति भारत सरकारसँग गम्भीर आपत्ति जनाउन पनि माओवादी केन्द्रले माग गरेको छ।

'भारत सरकारसँग गम्भीर आपत्ति सहित आवश्यक कारवाहीको प्रक्रिया अगाडl बढाउन आग्रह गर्दछौं,' श्रेष्ठले भने।

शुक्रबार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो। भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell