PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले विवाद : 'बिच्च बिच्चमा' हराएका वामदेव ओलीले बोलाएको बैठकमा देखिए



एमाले विवाद : 'बिच्च बिच्चमा' हराएका वामदेव ओलीले बोलाएको बैठकमा देखिए

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। च्यासलस्थिति तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा गौतम पनि सहभागि भएका हुन्।

गौतम यसअघि कहिले वरिष्ठ नेता माधवकुमार नेपाल त कहिले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका थिए।

यसअघिका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बहिष्कार गरेका गौतमले आजको स्थायी कमिटीको बैठकमा सहभागि भएर आफू ओली पक्षमै भएको सन्देश दिएका छन्।

ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा गौतमले एमाले विवाद मिलाउने जिम्मा आफूलाई दिन आग्रह गरेका थिए। तर, ओलीले भने गौतमलाई पार्टीको विवाद मिलाउने जिम्मा दिएनन्।

ओलीले जिम्मेवारी नदिए पनि गौतमले आफूलाई ओलीले पार्टीबाट नहटाएसम्म एमालेमै रहने बताएका थिए। तर, त्यसपछि भएका पार्टीका बैठकहरुमा भने गौतम अनुपस्थित रहेका थिए।

हाल एमालेमा ओली-नेपाल कुन पक्षमा लाग्ने भन्नेबारेमा नेताहरुले कित्ता क्लियर गर्दै आएका छन्। नेपाल पक्षका केही नेताहरु ओली समूहमा र ओली समूहमा रहेका केही नेताहरु नेपाल पक्षमा खुल्न थालेका छन्।

एमालेको आइतवारको बैठकमा विधान महाधिवेशन, केन्द्रीय पदाधिकारीको पूर्णता लगायतका विषयमा छलफल हुदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell