PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय



एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ।  भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

'भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय भएको छ,' उनले भने।

मुख्यगरि आजको बैठकमा पार्टीको सांगठनिक विषयका बारेमा छलफल भएको थियो। यस्तै, आजको बैठकमा पार्टीको विवादबारे नेम्बाङले  ब्रिफिङ गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीले नेपालसँगको वार्ताबारे जानकारी गराउन भनेका थिए।

'हिजोको भेट र पार्टी विवादका बारेमा अध्यक्षले जानकारी गराउनुस् भन्नुभयो। अध्यक्षसँगको भेट लगायतका बिषयमा जानकारी गराएको छु,' उनले भने।

एमालेको स्थायी कमिटीको अर्को बैठक सोमवार ३ बजे च्यासलस्थिति तुल्सीलाल प्रतिष्ठानमा बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell