PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

एमाले विवाद बारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै



एमाले विवाद बारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवादबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ वजे बस्न लागेको हो।

विधान अधिवेशनबारे आइतवार स्थायी कमिटीमा सहमति भइसकेको छ। सोमवार भने बैठकमा पार्टी विवादबारे छलफल हुन लागेको पार्टी कार्यालयका सचिव शेबहादुर तामाङले जानकारी दिए।

'पार्टीको विवाद र समयसामयिक विषयमा बैठकमा छलफल हुन्छ,' उनले भने। विभागहरुको पूर्णताका बारेमा पनि बैठकमा छलफल हुने उनले बताए।

आइतवारको बैठकले विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय गरेको थियो।

यस्तै,आजको बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ। ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएका नेता नेपाल सहमति नभए कुनै पनि बैठकमा नजाने अडानमा छन्।

नेपालले ओली सामु समान अध्यक्षको प्रस्ताव गरेका थिए भने ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउने बताएका थिए। दुवै प्रस्तावलाई ओली-नेपालले अस्वीकार गरिसकेका छन्। दोस्रो तहका नेताहरु भने अझै एमालेमा सहमति कायम गर्न सकिने भन्दै संवादमा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell