PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’को छनोटमा नेपाली हरर फिल्म ‘कठपुतली’



अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’को छनोटमा नेपाली हरर फिल्म ‘कठपुतली’

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनौटमा परेको छ।

फिल्म ‘कठपुतली’ ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यस फिल्मका निर्देशक भिमसेन थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्।

 

यस फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।

‘विन्टर फिल्म अवार्ड’ न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा आयोजना हुँदैछ। आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा यो फिल्म सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell