PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

आँशुबाट पनि कोरोना सर्न सक्ने!



आँशुबाट पनि कोरोना सर्न सक्ने!

संक्रमितको आँशुबाट पनि कोरोना संक्रमण सर्न सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। भारतको अमृतसारस्थित गभरमेन्ट मेडिकल कलेजको एक रिसर्चमा यो दाबी गरिएको छ। पीसीआर रिपोर्ट आएको ४८ घण्टाभित्र संक्रमित व्यक्तिको आँशुको नमुना लिएर परीक्षण गरिएको थियो।

उक्त परीक्षणपछि आँशु पनि कोरोना इन्फेक्सनको सम्भावित कारण हुन सक्ने बताइएको छ। १२० जना मानिसहरुमा यो अध्ययन गरिएको बताइएको छ। रिसर्च डा प्रेमपाल कौर, डा गौरांग सहगल, डा शैलप्रीत, केडी सिंह र भावकरण सिंहले गरेका हुन्। अनुसन्धानकर्ताहरुले आँखाका डाक्टरहरुलाई अधिक सावधानी अपनाउनसमेत भनेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell