PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गणेशमान सिंह पार्कमा शालिक बनाउन अमेरिका निवासी नेपालीको सहयोग



गणेशमान सिंह पार्कमा शालिक बनाउन अमेरिका निवासी नेपालीको सहयोग

काठमाडौं : सर्वोच्च नेता गणेशमान सिंहको शालिक स्थापनाका लागि अमेरिकामा रहेका नेपालीहरुले सहयोग गरेका छन्। मंगलवार बिहान गणेशमान पुत्र प्रकाशमान सिंहलाई अमेरिका निवासी सामाजिक अभियान्ता पूर्ण बानियाँले दुई लाख दस हजार रुपैयाँ हस्तान्तर गरेका हुन्।

उक्त रकमबाट कीर्तिपुरको पाँगास्थित वडा नं ८ मा निर्माण भएको गणेशमान सिंह पार्कमा गणेशमानको शालिक बनाइनेछ।  बानियाँको अग्रसरतामा शालिक स्थापनाका लागि अमेरिका निवासी नेपालीहरुबाट उक्त रकम संकलन भएको थियो।

कांग्रेस सिंह निवास चाक्सीवारीमा भएको कार्यक्रममा नेपाली पूर्वमन्त्री राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जनलगायत स्थानीय सरोकारवालाहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell