PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विपक्षी गठबन्धनद्वारा लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



विपक्षी गठबन्धनद्वारा लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवलः लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

गठबन्धले प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वासको प्रस्वात दर्ता गराएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ३४ प्रदेशसभा सांसदको समर्थनमा गठबन्धले पोखरेल सरकारलाई हटाउन प्रस्ताव दर्ता गराएको हो। केहीदिन अघिमात्रै विपक्षी गठबन्धले प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ सरकार गठनको आह्वान गर्न निवेदन दिएका थिए।

यसअघि लुम्बिनीका विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरी सकेका छन्। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरूले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell