PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मस्तिष्क घात भएर न्युरो अस्पताल भर्ना भएका पोखराका मेयर जिसी डिस्चार्ज



मस्तिष्क घात भएर न्युरो अस्पताल भर्ना भएका पोखराका मेयर जिसी डिस्चार्ज

पोखरा : काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन्। मस्तिष्क घात भएर १९ दिनसम्म अस्पतालमा उपचाररत जिसी आज डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन्।

१९ दिन अगाडि अचानक बिरामी परेपछि मेयर जिसीलाई उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं लगिएका थियो। जिसीलाई न्युरो अस्पताल भर्ना गरिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो।

प्रेस संयोजक बरालले उनको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन्। उपचाररत जिसीको स्वास्थ्यमा भइरहेको सुधारले सबैलाई आशा र भरोसा जगाएको उनको भनाइ छ।

अस्पतालबाट डिचार्ज भएपनि जिसी केहि समय चिकित्सकको निगरानीमा रहने बरालले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘आशा छ, उहाँ निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुन: सक्रिय हुनुहुनेछ। अहिले उहाँ चिकित्सकीय निगरानीमा उहाँको छोरीको घर काठमाडौंस्थित बुढानीलकण्ठमा हुनुहुन्छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अझै २ हप्ता भेटघाटको लागि कष्ट नगर्न सबैमा सविनय अनुरोध छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell