PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एडीबीको १९ अर्ब ५८ करोड ऋण स्वीकृत, शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त, यस्ता छन् सरकारका निर्णय



एडीबीको १९ अर्ब ५८ करोड ऋण स्वीकृत, शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त, यस्ता छन् सरकारका निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियत ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै, बैठकले कोभिड-१९ को अवस्थामा २०७८ बैशाख १६ देखि निषेध आदेश अवधिभर व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने निर्णय समेत गरेको छ।

यसैगरी, सरकारले राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई विभुषण समितिको सदस्य तोक्ने निर्णय गरेको छ। जसमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति भुषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार गोविन्दप्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुषप्रसाद मुल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपरथी नरबहादुर कँडेल रहेका छन्।

यस्तै, सरकारले नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन २०७८ स्वीकृत गरहेको छ। त्यसैगरी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरिएको छ।

यस्तै, बैठकले निजामति सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ को खण्ड ख को उपखण्ड २ बमोजिम नेपाल प्रशासन सेवाको समूहीकरण क्लस्टरतर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा बढुवा समितिको मिति २०७८ साउन १२ सिफारिस अनुसार राजपत्रंकित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद मैनालीलाई बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell