PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मुख्यमन्त्री राउतलाई गृहमन्त्रीको सन्देश : नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्नुस्



मुख्यमन्त्री राउतलाई गृहमन्त्रीको सन्देश : नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्नुस्
तस्विर : रासस

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मंगलवार साँझ भएको भेटवार्तामा कोभिड १९ नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ।

भेटमा गृहमन्त्री खाँणले कोभिड १९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेशका जनतालाई खोप लगाउनका लागि उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए।

गृहमन्त्री खाँणले भेटमा संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई बलियो बनाउँदै देश र जनताको पक्षमा काम गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell