PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारलाई कोमल वलीको आग्रह



कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारलाई कोमल वलीको आग्रह

काठमाडौं : राष्ट्रियसभा सांसद एवम् गायिका कोमल वलीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेकी छिन्। आज बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै दुवै मिर्गौला फेल भएर उपचार गरिरहेकी पल्पसाको स्वास्थ्य उपचारमा सक्दो सहयोग गरिदिन उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी हुन्।

कोमलले राष्ट्र निर्माणमा कलाकारहरुको ठुलो योगदान भए पनि कलाकारहरुलाई समस्या पर्दा सरकारबाट खासै सहयोग नपाउने गुनासो समेत गरिन्।

पल्पसालाई पाँच वर्षअघि पहिलोपटक मिर्गौलाको समस्या देखिएको हो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। दुई छोरीहरू समेत उनको समस्याबारे अनभिज्ञ थिए।

तर डेढ महिनाअघि उनलाई सास फेर्न गाह्रो भएपछि मात्रै टिचिङ अस्पताल भर्ना गरिएको थियो। अहिले पनि पल्पसा अस्पतालमै उपचाररत छिन्।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन्। विभिन्न फिल्म र टेलिसिरियलमा अभिनय गरिसकेकी डंगोलले टेलिसिरियल ‘दृष्टी’  पनि निर्माण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell