PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गायक हनी सिंहमाथि श्रीमती शालिनी तलवारले लगाइन् घरेलु हिंसाको आरोप



गायक हनी सिंहमाथि श्रीमती शालिनी तलवारले लगाइन् घरेलु हिंसाको आरोप
Photo: indiatimes.com

गायक तथा र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंह बेला-बेला विवादमा फस्ने गर्छन्। यसैबीच उनकी श्रीमती शालिनी तलवारले उनीमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्

साथै, उनीविरुद्ध शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले श्रीमानले घरमा क्रुर व्यवहार गरेर आफूलाई शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको आरोप लगाएकी छिन्। उनको मुद्दालाई मंगलवार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहले कोर्टमा पेश गरेकी हुन्।

अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ। जसमा हनी सिंहको श्रीमतीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखन गर्न रोक लगाइएको छ। वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट बहस गरेका थिए।

अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्तमा अदालतमा उपस्थित भएर जवाफ दिन समेत नोटिस जारी गरेको छ।

हनी सिंह र शालिनी तलवारले सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारमा प्रेमविवाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell