काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ।
केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ। बैठकमा स्थानीय कमिटीका माधव नेपाल पक्षका सबै नेताहरु सहभागी छन्।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको साथ नदिने भीम रावल लयागतका नेताहरु समेत आज बैठकमा सहभागी छन्।
यता, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ।
केन्द्रीय कमिटी बैठकमा पार्टी विवादबारे पनि छलफल हुने बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका लागि नेपाल पक्षलाई बेला बेला आह्वान गरे पनि सोमवारको स्थायी कमिटिमा गठन गरेका विभागमा नेपाल पक्षलाई समेटेनन्।
सोमवार एमालेको स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको थियो। वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन्।