PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

स्थायी कमिटी पछि सुरु भयो माधव पक्षको केन्द्रीय कमिटी बैठक



स्थायी कमिटी पछि सुरु भयो माधव पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बैठक सुरु भएको हो।

यसअघि बानेश्वरमै स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा केन्द्रीय कमिटीमा छलफल गर्ने एजेण्डा र सरकारमा सहभागी हुने बारेमा छलफल भएको थियो।

माधव पक्षका मेटमणि चौधरीका अनुसार आजको केन्द्रीय कमिटी बैठकमा करिब ९० जना सदस्य सहभागी हुँदैछन्।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भने माधव नेपाल समूहको समानन्तर बैठक प्रति आपत्ति जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell