PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

देशभर थप ३ हजार ९३८ जनामा संक्रमण, उपत्यकामा मात्रै १ हजार ७५ जना संक्रमित पहिचान



देशभर थप ३ हजार ९३८ जनामा संक्रमण, उपत्यकामा मात्रै १ हजार ७५ जना संक्रमित पहिचान

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९ सय ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १८ हजार ४ सय ८ जनाको परीक्षण गर्दा ३ हजार ९ सय ३८ जनामा संक्रमण भेटिएको हो।

पीसीआर विधिबाट ११ हजार ८ सय ७० जनाको परीक्षण गरिएको थियो। जसमा ३ हजार ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, ६ हजार ५ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा देशभरबाट २ हजार १२ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा संक्रमित भएका ३७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७५ जना रहेका छन्। जसमध्ये भक्तपुरमा १ सय ४६ जना, काठमाडौंमा ७ सय ६६ जना र ललितपुरमा १ सय ६३ जनामा संक्रमित पहिचान भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell